शनिबार, बैशाख २९, २०८१

आज कागेश्वरी महादेवको मन्दिरको मेला,दर्शनार्थीको घुइचो कम

काठमाडौ आश्विन ४, राजधानीको हनुमानढोका दरवार परिसरस्थित कागेश्वरी महादेवको मन्दिरमा आज मेला लागेको छ । यस मन्दिरमा दर्शन गर्दा पाप नाश भई पुण्य प्राप्त हुने र पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जन विस्वास रहिआएको छ ।

anup_20150921_30
(महाभूकम्पका कारण भत्केको कागेश्वरी मन्दिर)

गत बैशाख १२ गतेको महाभूकम्पका कारण मन्दिर पूर्णरुपमा भत्केका कारण यस वर्ष मन्दिर दर्शनका लागि आउँने भक्तहरुका लागि मन्दिरको मुलद्धारमा नै कलश स्थापना गरि दर्शनको व्यवस्था मिलाइएको थियो । त्यस्तै मन्दिर भत्किएका कारण यसपटक विगतका वर्षको तुलनामा दर्शनार्थीको घुइचो कम भएको स्थानीयहरुले बताएका छन ।