मङ्लबार, बैशाख ११, २०८१

हनुमानढोकामा ई–टिकेटिङ्ग सेवा सुरु

काठमाडौ श्रावण २४,  हनुमान ढोका दरवार संरक्षण कार्यक्रम अन्र्तगत हनुमानढोका दरवार क्षेत्र अवलोकनार्थ आउने पर्यटक प्रवेशका लागि आईतवारदेखि लागु हुने गरि ई–टिकेटिङ्ग सिस्टम सुरु गरिएको छ ।  काठमाडौं महानगर पालिकाका प्रमुख तथा कार्यकारी अधिृकत रुद्रसिंह तामाङ्गले एक अनौपचारिक कार्यक्रमकावीच दरवार क्षेत्र प्रवेश गर्दै गरेका पर्यटकलाई ई–टिकेटिङ्ग सिस्टम मार्फत टिकट प्रदान DSCN3239गर्दै सुरु गरिएको उक्त उद्घाटन पर्यटक प्रवेश तथा सेवाको पारदर्शितामा सुधार ल्याउँनका लागि यस किसिमको सेवा सुरु गरिएको जानकारी दिईएको छ ।

त्यस्तै यसअघि यसअघि हातैले लेखेर शुल्क वापतको रसिद दिने गर्दा पर्यटकहरु नै विश्वस्त नभएको परिप्रेक्ष्यलाई स्विकार गर्दै प्रस्तुत सिस्टमको सेवा सुरु गरिएको जानकारी दिदै हनुमान ढोका दरवार संरक्षण कार्यक्रमका ���्रमुख नरेन्द्रविलास बज्राचार्यले महानगरको सर्भर संग जोडिएको ईटियस अर्थात ईन्ट्रि टिकेटिङ्ग सिस्टम संचालनमा आएपछि प्रत्येक दिन शुल्क बापत उठ्ने रकम, पर्यटकको संख्या तथा अन्य गतिविधिहरुलाई सबैले सहज ढंगबाट हेर्न र बुझ्न सक्ने बताउँनु भएको छ ।

ई–टिकेटिङ्ग सेवाको सुरुवात संगै दरवार क्षेत्रमा रहेको ६ वटै काउण्टर मार्फत सुरु भएको ई–टिकेटिङ्ग रसिदमा तोकिएको शुल्क संगै, टिकट तथा कोड नंबर, पर्यटकको देश, शुल्क लिने कर्मचारीको नाम, काउण्टर नंबर सबै प्रष्टरुपमा खुल्नुको अलावा को काहा कुन समयमा प्रवेस गरेको सो समेतको जानकारी प्राप्त भएको छ ।
अहिले दरवार क्षेत्र प्रवेशका लागि सार्क देशहरुबाट आएका पर्यटकका लागि १ सय ५० रुपैया र अन्य देशबाट आएका पर्यटकहरुलाई ७ सय ५० रुपैया शुल्क तोकिएको छ । भुकमप अघिको समयमा करिब ७ सय विदेशी पर्यटक आउने यस क्षेत्रमा अहिले भने केही घटेको छ ।