शुक्रबार, बैशाख १४, २०८१

अव देखि १० पृष्ठको सूचना निःशुल्क 

काठमाडौ आश्विन  ११,   सूचनाको हकसम्बन्धी नियमावली २०६५ को दफा ४ को उपदफा (२) बमोजिम सार्वजनिक निकायहरुले नागरिकलाई दश पृष्ठको सूचना निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्थाका  वावजुद पनि कार्यान्वयन हुँन नसकेको अवस्थामा राष्ट्रिय सूचना आयोगले निःशुल्क पाउनुपर्ने दश पृष्ठको images (19)सूचनावापतको रु ५० निवेदकलाई फिर्ता गर्न आदेश  जारी गरेलगत्तै  अव देखि   दश पृष्ठको सूचना निःशुल्क पाउने भएको  छ ।

  सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ८ बमोजिम धनकुटा कुरुले तेनुपाका नोदनाथ त्रितालले २०७१ माघ २२ गते गरेको उजुरीमाथि निर्णय गर्दै   राष्ट्रिय सूचना आयोगले    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाइ यस्तो आदेश  दिएको  हो  । सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना मागकर्तालाई १० पानासम्मको सूचना निःशुल्क उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ