शनिबार, बैशाख १५, २०८१

विद्यमान मतमतान्तरलाई थाती राखेर छिटो संविधान जारी गर्नुपर्नेमा सभासद केसीको जोड

काठमाडौँ श्रावण २७, काँग्रेस केन्द्रीय सदस्य एवम् सभासद अर्जुननरसिंह केसीले प्रमुख राजनीतिक दलले आ–आफ्नो मतमतान्तरलाई  थाती राखेर साझा दस्तावेज बनाएकामा खुसी व्यक्त गर्दै छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्ने बताउनुभयो । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिदै नेता केसीले संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुभन्दा बहिष्कार गर्ने र अवरोध गर्ने प्रवृत्तिले कोही कसैको हित नगर्ने भन्दै यसकिसिमको अराजक गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।

साथै उहाँले संघीय सिमाङकन प्रति असहमति जाहेर गर्दै मुलुकका विभिन्न स्थानमा भइरहेको आन्दोलनको उचित सम्बोधन गङर्नुपर्ने, समधर्म सम भावको आधारमा धर्मको विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको प्राप्त मसाचारमा उल्लेख गरिएको छ । त्यस्तै प्राप्त समाचारमा काँग्रेसकै अर्का सभासद ज्ञानकुमारी छन्त्याल एमाओवादीका शक्तिबहादुर बस्नेत,एमाओवादीकै शिवकुमार मण्डल ,एमालेका सभासद् प्रकाश ज्वाला लगायतले कुनै पनि जिल्लालाई नटुक्र्याउन आग्रह गर्दै उहाँले लामो समयदेखिको जनताको चाहना र भावनाअनुसार संविधान जारी गर्ने वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।