शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिलाई बैद्यमाओवादीको ज्ञापन

काठमाडौ भाद्र ११,  नेकपा–माओवादीले सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा सिर्जित असन्तोषलाई सम्बोधन गर्नुको अलावा सेना परिचालन गरि स्थिती नियन्त्रण गर्ने सरकारको लिढेढिपी प्रति विमति जनाउँदै राष्ट्रपति डा रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
mohan_baidhyaमाओवादीका अध्यक्ष मोहन वैद्यसहितको टोलीले आज राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर बुझाएको ज्ञापनपत्रमा संविधानको विषयमा उतपन्न विवादलाई संवादको माध्यमबाट समाधान गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि राष्टपति कार्यालय पसिरमा पत्रकारसंग संक्षिप्त कुरा गर्दै माओवादीका सचिव देवप्रसाद गुरुङले अन्तरिम संविधान, २०६३ अनुसार प्राकृतिक विपद्को समयमा बाहेक राष्ट्रमाथि गम्भीर सङ्कट परेको स्थितिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मात्रै सेना परिचालन गर्न पाउने भन्ने प्रावधान विपरीत भएकामा राष्ट्रपतिलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको जानकारी दिदै ज्ञापनपत्र बुझ्ने क्रममा राष्ट्रपति डा यादवले ज्ञापनपत्रमा उल्लेख भएको सवाल सरकारलाई ध्यानाकर्षण गराउने वचन दिनुभएको बताउनुभएको छ ।