शनिबार, बैशाख १५, २०८१

निष्कासन गरिएका श्रमजीवी पत्रकारहरूलाइ पुनर्वहाली नगरे आन्दोलन : महासंघ

काठमाडौं श्रावण २०,  नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले सरकार�� स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति , गोरखापत्र संस्थान लगायत सञ्चारगृहबाट श्रमजीवी पत्रकारहरूलाइ निष्कासन गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

release 20 saunबैठक पछि जारी ४ बुँदे विज्ञप्तिमा निष्कासन गरिएका सम्पूर्ण पत्रकारहरूलाई पुनर्वहाली गर्न सम्बन्धित निकायसँग महासंघ माग गर्दै महासंघले निजी क्षेत्रबाट सञ्चालन भएको माउन्टेन टेलिभिजनबाट केही सञ्चारकर्मीलाई निकाला गरिएको समस्या समाधानार्थ उपाध्यक्ष अनिता बिन्दूको संयोजकत्वमा ६ सदस्यीय टोली गठन गरेको छ । टोलीमा सचिव ध्रुव लम्साल, सदस्यहरू दिपेन्द्र कुँवर, सुरज आचार्य, रोशन पुरी, प्रकाश तिमिल्सिना रहेको छन् । माउन्टेन टीभीको व्यवस्थापन पक्षसँग सम्वाद÷वार्तामा बस्दा सम्बन्धित प्रतिष्ठान शाखाका अध्यक्षसहित २ जना वार्तामा बस्ने म्याण्डेट बैठकले दिएको आज जारी विज्ञप्तिमा उल्लेख गर्दै यस विचमा कुनै प्रगति नभए महासंघ तत्काल आन्दोलनमा उत्रिने जनाएको छ ।

त्यस्तै इमेज एफएममा कार्यरत पत्रकार सन्दीप योगीमाथि भएको आक्रमणको भत्र्सना गर्दै बैठकले उक्त आक्रमण र तत्पश्चातका सबै घटनाक्रमलाई महासंघद्वारा गठित समितिले छानबिन गरिरहेको स्पष्ट गर्दै पत्रकार योगीलाई न्याय दिलाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै संविधानको मस्यौदा–२०७२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकसम्बन्धी धाराहरूमा महासंघले राखेको टिप्पणी र सुझाव समावेश गराउन सक्रियरूपमा पहल लिने निर्णय गरेको उल्लेख गरिएको छ ।

 प्रेस चौतारीको आपत्ति:

यसैवीच प्रेस चौतारी नेपालले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार लाई बिनाकारण कामबाट निकालिएकोप्रति विरोध जनाएको छ । चौतारीका महासचिव माधव नेपालले आज जारी गरेको विज्ञप्तिमा निजी क्षेत्रबाट सञ्चालन भएको माउन्टेन टेलिभिजनबाट केही सञ्चारकर्मीलाई निकाला गरिएको र इमेज एफएममा कार्यरत पत्रकार सन्दीप योगीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीबाट भएको दुव्र्यवहारको निन्दा गर्दै त्यस घटनाबाट पत्रकार योगीलाई कार्यरत संस्थाबाट हटाइको सम्बन्धमा गम्भीर आपत्ति प्रकट गरेको हो ।