शुक्रबार, बैशाख १४, २०८१

संविधानको प्रारम्भिक मस्यौदा विगत ७ वर्षपछिको पहिलो उपलब्धि : सभासद ढकाल

विभिन्न सञ्चारमाध्यममा क्रियाशील ५ दर्जन पत्रकारलाई मिडिया लिर्डरशिप प्रशिक्षण

काठमाडौं आषाढ २१, नेपाल पत्रकार मञ्च एवम् युनिभर्सल पीस फेडेरेसनद्दारा संयुक्तरुपमा नेपाली सञ्चारजगतका विभिन्न सञ्चारमाध्यममा क्रियाशील ५ दर्जन पत्रकारहरुलाई पर्यटकिय नगरी नगरकोटमा एक कार्यक्रमकावीच दुई दिने आवशिय मिडिया लिर्डरशिप प्रशिक्षणबाट प्रशिक्षित गरेका छन ।

Pra_9728Pra_9621उक्त प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन गर्दै परिवार दलका अध्यक्ष तथा सभासद् एकनाथ ढकालले सञ्चारजगतमा क्रियाशील पत्रकारहरुको नेतृत्वको विकासका लागि आयोजित प्रस्तुत कार्यक्रममा परिवर्तित विश्वमा दुरदर्शिता सहितको नेतृत्व पहिचान गर्नु आजको आवश्यकता भएको बताउँनु भएको छ ।
त्यस्तै उहाँले पत्रकारिता जगतलाई राज्यको चौथौं अङगको रुपमा व्याख्या गरिरहनु भन्दा पनि प्रजातान्त्रिक प्रणाली अन्र्तगत रहेको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सङगै सञ्चारपालिको प्रारुपमा स्थापित गरिनु पर्नेमा विशेष जोड दिदै मुलुकको राजनैतीक वृतमा विगत ७ वर्षपछिको पहिलो उपलब्धि भनेको संविधानको प्रारम्भिक मस्यौदा भएको बताउँनु भएको छ । साथै नयाँ संविधान घोषणा भएसँगै मुलुकमा संविधानसभा बाहिरको  दलहरुको  सहभागितामा  नयाँ सरकार बन्नृ ठोकुवा गर्नु भएको  छ ।

त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा विश्व शान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष सन्तोष पौडेल युनिभर्सल पीस फेडेरेसनका महासचिव विनोद डाँगी, विश्व शान्ति युवा संघका अध्यक्ष प्रकाशवावु थापा, युनिभर्सल टाइम्सका सम्पादक तथा द्धन्द विज्ञ डा चुडाबहादुर श्रेष्ठ, पत्रकार महासंघका पूर्व कोषाध्यक्ष रमेश विष्ट लगायतका वक्ताहरुले ��ार्यक्रमको उपादेयता माथि प्रकाश पार्नु भएको थियो। त्यस्तै अन्तराष्ट्रिय प्रशिक्षक रिचल जालपा, डाएस रोवोट किटटल र संविधानसभा सदस्य एकनाथ ढकालले छुट्टा छुट्टै द्धन्द निवारण र शान्ति,असल नेतृत्व र सुशासनका मान्यता र विश्व रुपान्तरणको युगमा दुरदर्शी नेतृत्व विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। मञ्चका अध्यक्ष युवराज विद्रोहीको सभापतित्वमा सम्पन्न भएको थियो।