शुक्रबार, बैशाख १४, २०८१

नुवाकोट दुर्घटनाका घाइतेको उपचार गर्न सभासद केसीको माग

12काठमाडौ आषाढ २६, सरकारले आव २०७२/७३ का लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा नेपाली काँग्रेसका सभासद जगदीश्वरनरसिंहले सभामुखसँग विशेष समय माग्दै केही दिन पहिले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी निधन भएकाको परिवार र घाइतेको उपचारको माग गर्नुभएको छ । त्यस्तै उहाँले महाविनासकारी भूकम्प त्यस पछिका श्रृखलावद्ध परकम्पनका कारण सडक तथा पहाड कमजोर भएकाले तत्काल भौगर्भिक अध्ययन गर्न र सरकारले भूकम्पपीडितलाई दिने भनिएको तत्कालीन राहतस्वरूपको रकम प्रदान नभएको भन्दै कडा आपत्ति प्रकट गर्नुभएको छ ।