शुक्रबार, बैशाख १४, २०८१

जागिरको प्रलोभन देखाउँदै ठगी हिड्ने चापागार्इं पक्राउ

काठमाडौ आषाढ २६, महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न मन्त्रलायमा जागिर लगाइदिने भन्दै सोझा सिधा व्यक्तिबाट रकम असुल्दै काठमाडाँै गोलढुङ्गाका राजकुमार चापागार्इंलाई आज पक्राउ गरेका छन ।  यस अघि पनि पटक पटक ठगीको अभियोगमा प्रहरीको फन्दामा परिसकेका चापागाइले यस pakrauपटक भने बालुवाटार बस्ने निलिमा महर्जन र आकृति डङ्गोललाई गृहमन्त्रालयको खरिदार पदमा स्थायी नियुक्ति दिलाइदिन्छु भनी रु चार लाख लिई ठगी गरेका प्रहरीको जनाएको छ ।

त्यस्तै चापागार्इंले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिस्ट बनाइदिने भनी काठमाडौँकी सृष्टि रञ्जितबाट रु २५ हजार, मकवानपुर, हेटौँडा बस्ने सुदिप पाण्डेबाट रु एक लाख ७१ हजारसमेत लिएको खुल्न आएको जनाउँदै निज विरुद्धको ठगी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।