शुक्रबार, बैशाख १४, २०८१

जय शम्भो, मनोइच्छापूर्ण होस…

काठमाडौं श्रावण १२,श्रावण महिनाको प्रत्येक सोमवार हिन्दु धर्मावलम्वीहरुले विशेष महत्वका साथ शिव मन्दिरहरुमा पुजा आराधना गरी मनाईने गरिन्छ ।
20150727_anup_3अझ विशेष गरि यो महिनामा महिलाहरुले हरियो रंगको चुरा, वस्त्र, मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । विवाह भईसकेका महिलाहरुले आफ्नो श्रीमान र छोराछोरीको दिर्घायुको कामना गर्ने गर्छन भने विवाह नभएकाहरुले सुन्दर र सुशिल जीवनसाथी पाईयोस भनेर कामनाका साथ शिव भगवानको पूजा गर्ने गरिन्छ । यसै क्रममा राजधानीको कामपा १९ स्थित सन्तानेश्वर महादेवको मन्दिरमा भक्तिभाव सहित भगवानको दर्शन गर्दै श्रद्धालु ।