बुधबार, बैशाख २६, २०८१

जन सुझाव सहितको संविधान जारी गर्नकालागि चारदलको शिर्ष नेतृत्वको बैठक आज पनि बस्दै

काठमाडौ श्रावण १० , सविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले गत श्रावण ४ र ५ गते देशव्यापी रुपमा संकलन गरेको मस्यौदा माथिको नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’माथि जनसुझाव संकलनको क्रममा प्राप्त जनादेश अर्थात सुझावलाई sushil-kp-prachanda-bijayaसमेटेर संविधान निर्माण प्रक्रिया अगाडि बढाउन प्रमुख चार शक्ति सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवर साँझ बसेको प्रमुख चार दलको बैठक मा जनमत संकलनको क्रममा जनताले दिएका सुझावलाई कसरी समेट् सकिन्छ त्यसै अनुसार अपनाईनुपर्ने विधि र प्रक्रियाका विषयमा चारदलका नेतावीच गम्भीर छलफल भएको बुझिएको छ ।
त्यस्तै सुझाव सङ्कलनको क्रममा आएका प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था प्रदेशको सीमाङ्कन र नामाङ्कन हिन्दू राष्ट्र वा धार्मिक स्वतन्त्रता लेखिनुपर्ने, निर्वाचन प्रणाली थ्रेसहोल्डको व्यवस्था गर्नुपर्नेलगायत प्रमुख एजेन्दामा दलहरुवीच छलफल भए पनि कुर्न त्यस्तो नितिगत सहमति बन्न नसकेका कारण आज पुन विहाननै देखि छलफलमा बस्दै  प्रक्रियागतरुपमानै विषयगत एजेन्दामा सहमति कायम गर्दै जनसुझावलाई समावेश गरी श्रावणको अन्त सम्ममा संविधान जारी गर्ने पक्षमा भने प्रमुख चारदलका नेताहरु सहमत सहमत भएका हुन् ।  यसैवीच चारदलको  शिर्ष नेतृत्वले ।विधान निर्माण प्रक्रियामा असुन्ष्टि व्यक्त गर्दै आईरहेका  असुन्ष्टि  पक्ष्संग पनि छलफल गरेर अघि बढ्ने निर्णय पनि गरेको  छ ।