बिहिबार, चैत्र १५, २०८०

नेपालमा जन्मिएका बालक तेन्जिन आफ्ना दिवंगत गुरु टुलसिक रिम्पोछेको नयाँ अवतार भएका दलाई लामाको दाबी

काठमाडौं श्रावण ९/ नरेन्द्र मानन्धर, नेपालमा जन्मिएका बालक ङवाङ तेन्जिन चोकी तिब्बतको सबैभन्दा पुरानो निङमा बौद्ध परम्पराका प्रमुख बनेका छन् । २ वर्षे बालक तेन्जिनलाई तिब्बती आध्यात्मिक गुरु दलाई लामाले दीक्षित गरे पश्चात उनी प्रमुख हुन सफल भएका हुन् 11011941_10207289835833324_858391104569296253_n।भगवान बुद्धको पहिलो धर्मदेशनाको पावन अवसरमा नेपाली बालक तेन्जिनलाई गुरु दलाई लामाले भारतको धर्मशालामा दीक्षित गरेका हुन् । बालकलाई गुरु लामाले कपाल खौरिदिएर गोप्य कालचक्रतन्त्र विधि अनुरुप दीक्षित गराएको बताइएको छ । उनले बालकलाई दीक्षित गराउने क्रममा भारतीय धर्मशालामा लामा गुरुहरुबाट त्रिरत्न लगायतका बौद्ध पाठ गराएका थिए ।

गुरु दलाई लामाले तेन्जिनलाई आफ्ना दिवंगत गुरु टुलसिक रिम्पोछेको नयाँ अवतारको रुपमा मान्यता दिंदै आफ्नो मौलिक परम्पराका प्रमुख घोषणा गरेका छन् । लामाले नेपालमा जन्मेका बालक तेन्जिनले आफ्ना गुरु टुलसिकको पुनर्जन्म लिएको दाबी गरेका छन् ।
गुरु टुलसिक रिम्पोछेको नेपाल बसाईको क्रममा ४ वर्ष अघि सोलुखुम्बु जिल्लामा मृत्यु भएको थियो । गुरुको मृत्यु पश्चात उहाँ कै पुनर्जन्मको रुपमा सन् २०१३ जुलाई २५ तारिखमा काठमाडौं निबासी छोइलिङ टुल्कु ङवाल र पाइलुङ छेवाङ डोल्माको कोखबाट तेन्जिनले जन्म लिएका हुन् ।