शुक्रबार, बैशाख १४, २०८१

शुल्क मिनाहाका लागि आन्दोलित विद्यार्थी सङ्गठनको मागप्रति प्रम कोइराला सकारात्मक

काठमाडौं ज्येष्ठ ३१ , भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग राख्दै आन्दोलित विभिन्न १३ विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । आन्दोलनका घोषित कार्यक्रम अनुरुप नेवि सङ्घका अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल, अखिल क्रान्तिकारीका संयोजक रमेश मल्ल, अखिल ९ क्रान्तिकारीका अध्यक्ष सुरेश गौतम, मधेसी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपिलेश्वर यादवलगायत लगायतका विद्यार्थी नेता ज्ञापनपत्र  बुझाउन आज विहान प्रम निवास पुगेकाथिए।

 प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले निजी विद्यालयको शुल्कवृद्धि फिर्ता गर्न र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्न आज बस्ने मन्त्रीपरिषद्को बैठकमा शिक्षामन्त्री चित्रलेखा यादवलाई निर्देशन दिने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभएको थियो ।  त्यस्तै त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्रीले देशको भविष्य युवाहरुको हातमा रहेको बताउँदै विपद्को बेला सबै मिलेर अगाडि बढ्नुपर्ने विकिरगर्दै आफ्ना मागबारे अन्य दलका नेताहरुलाई पनि जानकारी गराउन विद्यार्थी नेताहरुलाई सुझाव दिएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन ।

यसअघि गत वैशाख ६ गते निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता गर्ने १० बुँदे सहमति भए पनि त्यसको कार्यान्वयन गर्न पटक–पटक आग्रह गरेपनि निजी विद्यालयले नमानेपछि १३ विद्यार्थी सङ्गठनले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । घेषित अन्दोलनक कायृक्रमअनुसार विद्यार्थी सङ्गठनले जेठ ३१ गते प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने, ३२ गते जिल्लास्तरीय विद्यार्थीको बैठक बसी संयुक्त अनुगमन टोली निर्माण गर्ने र असार १ गतेदेखि सम्पूर्ण शिक्षण संस्थाका अभिभावकसमेतलाई समेटेर संयुक्त सङ्घर्ष समिति बनाउने निर्णय लगायतका रहेकाछन ।