शुक्रबार, बैशाख १४, २०८१

हिराचनद्वारा भूकम्प पीडितका लागि नौ करोडको आर्थिक सहयोग

 काठमाडौ बैशाख २७,  एनआरएनका पूर्व अध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लि. कम्पनीका अध्यक्ष देवमान हिराचनले विनाशकारी महाभूकम्पबाट भएको मानविय क्षति तथा भौतिक संरचनाहरुको पुन निर्माणको लागि नौं करोड रुपैँया सहयोग गर्ने भएका छन् ।

अध्यक्ष हिराचनले जारी गरेको विज्ञप्तिमा देशले ठूलो संकट बेहोर्नु परेको र यस्तो दुःखको घडीमा एउटा नेपालीलाई पर्दा अर्को नेपालीले हेरेर बस्न नमिल्ने भन्दै धेरै क्षतिग्रस्त भएका जिल्ला मध्ये सिन्धुपाञ्चोकको कुनै एक गाँउको घर तथा विद्यालय निर्माणमा यो पैसा खर्च गरिने कुरा उल्लेख गरेका छन् ।

साथै महाभूकम्पबाट क्षतिग्रस्त भएका सवै जिल्लाका मानिसहरुको जिवनस्तर उकास्नको लागि जापानी कृषि प्राविधिकलाई नेपाल ल्याउने, मल, विउ दिएर सहयोग गर्ने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् । त्यस्तै विञप्तिमा अरु क्षेत्र भन्दा कृषि क्षेत्रबाट छिटो लाभ लिन सकिने भएकाले पीडितरुलाई सजिलो हुने उल्लेख गर्दै ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लि। ले काठमाडौँको रामकोट र नुवाकोटमा पनि भूकम्प पीडित जनताहरुलाई टेन्ट, चामल, चाउचाउ, तेल, आलु लगायत अन्य खाद्यान्न सामानहरु वितरण गरेको जनाउँदै विनाशकारी भूकम्पबाट भएको मानविय क्षतिप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।