शनिबार, बैशाख १५, २०८१

अधिकतम सहमति सहित विपक्षी गठबन्धनसङग निर्णायक वार्ता गर्छौ :उपप्रम सिंह

बनेपा चैत्र १८, उपप्रधानामन्त्री प्रकाशमान सिंहले काभ्रे जिल्लाको एेतिहाँसिक आयोजनाको रुपमा पहिचान गरिएको पनौतीमा निर्माण हुन लागेको क्षेत्रीयस्तरको रङ्गशालाको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाको प्रक्रियागत कार्यतालिका अगाडि लैजानु पूर्व विपक्षी गठबन्धनसङग निर्णायक वार्ता हुँने बताउँनु भएको छ।

त्यस्तै अधिकतम सहमतिको प्रयास सहितको प्रस्तावित वार्ताको निष्कर्ष अनुरुपनै संविधानसभाको प्रक्रिया अघि बढ्ने र नयाँ लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो ।  यसअघि उपप्रममा सिंहले पनौतिमानै आयोजित अर्को एक कार्यक्रममा सप्तलाल श्रीराम स्मृति प्रतिष्ठानको चौथो अधिवेशन उद्घाटन सहित स्मृति ग्रन्थ विमोचन गर्नभएको थियो ।