शुक्रबार, बैशाख १४, २०८१

महिला सञ्चार समूहद्वारा विधागतरुपमा आधादर्जन महिला अभियन्ताहरु सम्मानित

काठमाडौ चैत्र २, महिला सञ्चार समूहले आफ्नो स्थापना कालको ५ औ वार्षिकउत्सवको अवसरमा आज राजधानीमा एक कार्यक्रमकावीच विभिन्न् विधागत क्षेत्रमा 11076086_10205321598592877_893314339_n IMG_20150316_145659योगदान पु-याउदै आएका आधा दर्जन महिला अभियन्ताहरुलाई आज सम्मानित गरेको छ ।

नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठकोप्रमुख आतिथ्यतामा सम्मानीत हुँनुभएका महिला अभियन्ताहरुमा क्रमस कथाकार माया ठकुरी, साहित्यकार उन्नति बोहरा ‘शीला’, सञ्चारकर्मी उषा लोहनी, कवयित्री विमला तुम्खेवा, समाजसेवी सुभद्रा विश्वकर्मा र गीतकार प्रभा आचार्य रहेका छन ।

समूहका अध्यक्ष अस्मिता भण्डारीकोसभपतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासङघका अध्यक्ष डा महेन्द्र विष्ट लगायतका वक्ताहरुले महिला एैकेवद्धता तथा शशक्तिकरणको पक्षमा प्रकाश पार्नु भएको समूहका सदस्य सूनिता कोईरालाले जानकारी दिएकी छीन ।