शुक्रबार, बैशाख १४, २०८१

संवैधानिक निकायका लागि सिफारिस गरिएका पदाधिकारीको सुनुवाई आगामी बुधवार देखि

काठमाडौ चैत्र २, व्यवस्थापिका–संसदअन्तर्गतको संसदीय सुनवाई विशेष समितिको आज बसेको बैठकले लोकसेवा आयोगमा नियुक्तिका लागि सिफारिस गरिएका bicc अध्यक्ष र सदस्यविरुद्ध परेको उजुरी माथिको सुनवाई आगामी बुधवार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तहरूविरुद्ध परेका उजुरीको सुनवाई चैत ८ गते गर्ने भएको छ ।

सरकारले केही दिनअघि लोकसेवा आयोगको अध्यक्षमा उमेशप्रसाद मैनाली र सदस्यमा बिन्दा हाडा, गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रम्हदेव राय, कृष्णचन्द्र झालाई नियुक्तिका लागि सिफारिस गरेको थियो भने आयोगका आयुक्तमा दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी, राजनारायण पाठक र डा सावित्री गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको थियो