काठमाडौ फागुन २१ आज रङहरूको चाड अर्थात फागुपूर्णिमाको अवसरमा हर्ष र उल्लासमय वतावरणमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। वसन्त ऋतुको आगमनको फागुन महिनामा मनाइने यो पर्वमा विशेषत एकार्का माथि विभिन्न प्रकारका रङहरू लगाएर मनाईने गरिन्छ । त्यसो त राजधानीका विभिन्न स्थानमा सामुहिक होली पनि उत्साहजनकरुपले मनाइएको देखिन्थ्यो ।
यसैक्रमम राजधानीको वसन्तपुरका रङ्गहरु’ होलीको विशेष कार्यक्रमको आयोजना गरिएको थियो भने टुँडिखेलमा आयोजित होलीको विशेष समारोहमा के युवा र युवती के
वालक के वच्चा सवै जना दिनभर नै साङ्गीतिक माहौलमा रम्दै गरेको दृष्यआफैमा मनमोहक देखिन्थ्यो ।त्यस्तै सडकमा नेपालको राष्ट्रिय झण्डा लिएर ‘ह्याप्पी होली’ भन्दै हिँडेका दृश्य पनि निकै रोचक देखिन्थे ।