शुक्रबार, बैशाख ७, २०८१

मनकामनामा चितवन को–इ समूहका संस्थापक अध्यक्ष लक्ष्मणबाबुको अर्धकदको सालिक स्थापना

काठमाडौं फागुन २१, मनकामना दर्शन प्रालिद्वारा मनकामना केवलकार निर्माता तथा चितवन को–इ समूहका संस्थापक अध्यक्ष तथा सफल उद्योगी स्व लक्ष्मणबाबु  श्रेष्ठको अर्धकदको सालिक चेरेस स्टेसनमा स्थापना गरिएको छ । यसरी स्थापना गरिएको स्व श्रेष्ठको अर्धकदको सालिकको बुधबार उहाँकी धर्मपत्नी धनकुमारी श्रेष्ठले अनावरण गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा मनकामना दर्शन प्रालिले एक कार्यक्रमकावीच मनकामना केवलकारको स्गापना लगायतका क्षेत्रमा पिताजीको देन र योगदानको कदर गर्दै दुई ठाउँमा उहाँको सालिक स्थापना गरिएको उहाँका छोरा राजेशवावु श्रेष्ठले जानकारी दिनुभएको छ। फोटो: राजेशवावु श्रेष्ठको facebook page