बिहिबार, बैशाख २७, २०८१

सकियो वर्ष २०७१को प्रवेशिका परीक्षा

भक्तपुर चैत्र १३,   गत चैत्र ५ गतेदेखि सुरु भएको वर्ष २०७१को प्रवेशिका परीक्षा आजबाट समापन भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले slcजनाएको छ । प्रस्तुत परीक्षा आफैमा विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रूपमा लिईन्छ ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालयलका अनुसार यस वर्षदेखि साधारण शिक्षा र प्राविधिक शिक्षा दुई भागमा विभाजन गरी छुट्टाछुट्टै रुपमा लिइएको र यसको लागि परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको तालिकाअनुसार साधारणतर्फको परीक्षा आजबाट सम्पन्न भएको हो भने प्राविधिकतर्फको परीक्षा भने चैत १६ गते मात्र सम्पन्न हुने भएको छ । त्यस्तै अनिवार्य अङ्ग्रेजी र कम्प्युटरको प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालयमा नै सञ्चालन हुँने गर्दछ ।