शुक्रबार, बैशाख १४, २०८१

पत्रकार भट्टराईको हत्यारा पहिचान गरि कारवाही गर्न माग

काठमाडौं चैत्र १६,  गत विहिवार इटहरी– धरान सडक खण्डको आँपगाछी सडक खण्डमा मृत फेला परेका महासङ्घ उदयपुर शाखा आबद्ध एवम प्रेस चौतारी bigeptiउदयपुर शाखाका कोषाध्यक्ष पत्रकार रामप्रसाद भट्टराईको सुनियोजित हत्या गरिएको निष्कर्ष सहित तत्काल हत्यारा पहिचान गरी कारवाहीको माग सहित उदयपुरका स्थानीय सञ्चार सम्वद्ध सङघस्थाहरुले जोडदारमाग गरेको छ ।

पत्रकार भट्टराईको हत्याले सिङगो पत्रकार पत्रकारिता जगतले सामना गर्दै आईरहेको भयावह स्थिती उजागर गरेको भन्दै प्रेस युनियन उदयपुर , क्रान्तिकारी पत्रकार महासङघ , आदिवासी पत्रकार सङघ , किरात राई पत्रकार सङघ ,प्रेस चौतरी नेपाल, क्रान्तिकारी पत्रकार सङघ,सङघिय प्रेस युनियन र मधेसी पत्रकार समाजका अध्यक्ष् हरुक्रमस  गोपाल पोखरेल ,मधुकर थापा, अप्सरा समाल मगर,गङगा राई, भरत खड्का, यदु ढकाल, ईश्वर तामाङ र अजयकुमार साहले सयुक्त विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा निर्वाध समाचार सङकलन र सम्प्रेषण गर्न पाउँने पत्रकारको हकको सुरक्षा गर्न माग गरेको हो ।

यसअघि पत्रकार महासङ्घले पत्रकार भट्टराई हत्या प्रकरणको छानबिनका लागि केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल संयोजक गणेश पोखरेलको संयोजकत्वमा चार सदस्यीय ‘मिसन’ गठन गरिसकेको छ।