शुक्रबार, बैशाख १४, २०८१

काठमाडौंमा टर्किको विमान दुर्घटना,अन्तर्राष्ट्रिय उडान रद्द, यात्रहरुको बिचल्ली

काठमाडौ फागुनु २०,  टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको उडान नम्बर टिके ७२६ को विमान आज बिहान त्रिभुवन Bimanअन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ (दक्षिणतर्फबाट) अवतरण गर्ने क्रममा कम भिजिबिलिटीका कारण मौसमको खरावीका कारण टर्किस एयरलाइन्सको विमान रन वेमा चिप्लिएको जनाइएको छ । पटकपटक अवतरणको प्रयास गरेपनि असफल भएपछि दोस्रोपटक अवतरण गर्ने क्रममा जहाज रनवे बाट चिप्लिएर दुर्घटना भएको बुझिएको छ ।

टर्किस एयरलाइन्सको विमान दुर्घटन भएपनि यात्रु तथा चालक दल भने सकूशल रहेका छन । यसरी टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि आजका लागि तय गरिएका सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । विमानस्थल कार्यालयले आज साँझ ५ बजेसम्मका अन्तर्राष्ट्रिय उडान रद्द गरेसङगै हजाराँै यात्रु बिचल्लीमा परेका छन् ।