आइतवार, बैशाख २३, २०८१

स्ववियु निर्वाचनको माग गर्दै उपकुलपति महर्जनलाई ज्ञापन

काठमाडौ फागुन ३, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पटक–पटक मिति घोषणा भए तापनि विभिन्न कारणले स्थगित हुँदै आएको TUnextस्ववियु निर्वाचन चैतभित्र गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा हीराबहादुर महर्जनलाई आज ज्ञापनपत्र बुझाएको छ ।

उपकुलपति महर्जनलाई आज बुझाएको ४ बुँदे ज्ञापनपत्रमा विद्यार्थी सङ्गठन निर्वाचनका लागि तयार भए विद्यमान अवस्थालायृ दृष्टिगत गर्दै त्रिविले चैतभित्र चुनाव घोषणा गर्नुपर्ने प्रमुख माग रहेको छ । त्यस्तै विद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा सेमेस्टर प्रणाली लागू गर्नुअघि भौतिक पूर्वाधार र गुणस्तरको बारेमा ठोस निर्णय लिन पनि सो संगठनले माग गरेको छ ।

साथै ज्ञापनपत्र बुझदै विश्वविद्यालयका उपकुलपति डा हीराबहादुर महर्जनले चुनाव गराउन आफूहरु तयार रहेको र त्यसका लागि सबै विद्यार्थी सङ्गठनले सहयोग गर्नुपर्ने बताउनुभएको बुझिएको छ ।