शुक्रबार, बैशाख १४, २०८१

पेट्रोलियम पदार्थको घट्दो मूल्य अनुरुप सार्वजनिक यातायातको भाडादर घट्यो

काठमाडौँ  माघ २७,   पेट्रोलियम पदार्थमा निरन्तर मूल्य घटेपछि सरकारले बुधबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा घटाएको छ ।  भौतिक own_building1पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सरोकार भएकाहरुसँग छलफल गरी सार्वजनिक यातायातमा २.०३ प्रतिशतले भाडा घटाएको जनाएको छ ।

यसअघि व्यवस्थापिका संसदको विकास समितिको आज विहान सिंहदरवारमा बसेको समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य पटक–पटक घट्दा पनि सार्वजनिक यातायातको भाडा नघटेकोमा गम्भीर छलफल सहित यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका अनुार पेट्रोलियम पदार्थको घट्दो मूल्य अनुरुप ट्याक्सीमा १.६ प्रतिशत र ट्रकमा पाँच प्रतिशत पहाडी जिल्लामा चल्ने सार्वजनिक यातायातमा ४.३७ प्रतिशत र तराईमा ढुवानी गर्ने ट्रकमा भने ५.२८ प्रतिशतले भाडा घट्नेछ ।