बिहिबार, बैशाख १३, २०८१

८ वर्ष पछि सत्य निरुपणमा गुरुङ र बेपत्ता आयोगमा मल्लिक सिफारिस

काठमाडौ माघ २७,  शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने दुई महत्वपूर्ण आयोग गठनका लागि सरकारले गत असार २ गते गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग timthumbर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आठ वर्ष पछि सिफारिस समितिले सोमवार दुवै समितिको पदाधिकारीको नाम सिफारिस गरेको छ ।

पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठका अध्यक्षतामा गठित सो सिफारिस समितिले यसरी सिफारिस गरेको नाम मध्ये सत्य निरुपण आयोग अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झाको नाम सिफारिस गरिएको छ भने बेपत्ता छानबिन आयोग अध्यक्षमा समितिले पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिक तथा सदस्यमा बिजुल विश्वकर्मा, प्रा डा विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङको नाम सिफारिस गरेको छ ।अव सिपारिस गरिएका नाम मन्त्रिपरिषद्ले अनुमोदन गरेलगत्तै दुवै आयोगले आआफ्नो कार्य अघि बढाउने भएको छ ।