बुधबार, बैशाख २६, २०८१

दशदिनभित्र ग्यासको सहज आपूर्ति गर्न निगमलाई निर्देशन, आजदेखि उपत्यकामा नयाँ तालिका अनुसार ग्यास बाँडिने

काठमाडौं माघ १५ , सरकारले दशदिनभित्र ग्यास आपूर्तिको सहज व्यवस्था गर्न नेपाल आयल निगमलाई बुधवार निर्देशन दिएको छ ।मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले बजारमा देखिएको खाना पकाउने ग्यासको LP_gas_cilinderचरम अभाव हटाइ ग्यास आपूर्ति सहज तुल्याउन स्पष्ट कार्ययोजनासमेत तयार गर्न निगमलाई निर्देशन दिएको हो ।

यसैवीच यसअघि नेशनल ट्रेडिङबाट ग्यास वितरण गरेको सरकारले ग्यास वितरणलाई सहज बनाउन भन्दै खाना पकाउने ग्यास अभाव कायम रहेका बेला सरकारले आजदेखि राजधानीको विभिन्न ठाउँमा ग्यास वितरण गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

 नेपाल आयल निगमको तालिकाअनुसार आजदेखि एक दिन बिराएर माघ २७ गतेसम्म उपत्यकाको तीनै जिल्लाको विभिन्न ठाउँमा ग्यास बाँडिनेछ ।

तालिकाअनुसार आज नयाँ बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमुल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्रमा ग्यास वितरण गरिने उल्लेख छ । ती क्षेत्रहरुमा यसअघि आफूले जुन बिक्रेताबाट ग्यास लिने गरेको त्यहींबाट मात्र लिन पाइने निगमले जनाएको छ ।तालिका अनुसार भोलि पुरानो बानेश्वर, सिनामगंगल, चाबहिल, कपन, सुन्दरीजललगायत क्षेत्रमा ग्यास दिइने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031