शनिबार, बैशाख १५, २०८१

पौष ९ बाट राप्रपा नेपालको मेची–महाकाली १० दिने रथयात्रा

काठमाडौ पौष  ५, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्धारित समयमा संविधान एवम् नेपाललाई सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर्न दबाब सिर्जना गर्न १० दिने मेची–महाकाली सङ्कल्प RPPN-Jhanda1रथयात्राको आयोजना गर्नभएको छ ।  मेची–महाकाली–श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्प रथयात्रा नाम दिइएको उक्त रथयात्रा झापाबाट यही पौष ९ गतेबाट सुरु भई तराईका सबै र पहाडका आठसमेत ३० जिल्लाको यात्रा पार गरेर पुस १८ गते काठमाडौँको टुँडिखेलमा समापन हुने कार्यक्रम तय भएको आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष कमल थापाले थापाले संविधान लेखन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने दबाब दिने उद्देश्यले रथयात्रा गरिएकाले सबै पक्षको सहयोगको अपेक्षा गरिएको बताउँदै ठूला दलहरूको व्यक्तिगत स्वार्थ र अकर्मण्यताले दिनानुदिन अन्यौलता बेढ्दै गएको जिकिर गर्नु भएको छ ।