शनिबार, बैशाख १५, २०८१

कैलाश सत्यार्थी आज आउँदै

काठमाडौ पौष ४, बाल दासताविरूद्ध र अधिकारका पक्षमा सफल अभियान चलाएका कैलाश सत्यार्थीले सन् २०१४ को नोबेल शान्ती पुरस्कार नर्वेको ओस्लोमा डिसेम्बर १० भएको भव्य कार्यक्रममा पाए । उनले पाकिस्तानकी शैक्षिक जागरणकी अभियन्ता १७ वर्षीया मलाला युसाफजाइसँग सयुक्त रूपमा सफलता पाएका हुन् ।

kailash satyarthiसन् १९८० बाट आफैले चलाएको बचपन बचाओ आन्दोलनु ९बाल्यकाल जोगाऔं० अभियानका सञ्चालक ६० वर्षीय सत्यार्थी आफ्नो पूर्व प्रतिबद्धता अनुसार शुक्रबार बिहान ११ बजे नेपाल आउँदैछन् । कात्तिकमा नोबल कमिटीले उनी र मलालालाई संयुक्त विजेता घोषणा गरे लगतै सत्यार्थीले पुरस्कार थापेपछि नेपालको भ्रमण गर्ने बताएका थिए ।

यो पुरस्कार नेपाल र भारतले संयुक्त रूपमा पाएको हो । मैले भारतमा रहेको बाल दासता, दुव्र्यवहार र अन्यायको आवाज उठाएलगत्तै नेपाललाई आफ्नो दोस्रो कर्मस्थल बनाउँदै आएको थिएँ । नोबेल पुरस्कारसम्मको सम्मानमा पुग्न नेपाल र दक्षिण एसियाली भूमिले काम गरेको छ । यसकारण यो भारतीय र नेपाली जनताले एकसाथ पाएको विशेष सम्मान भएको खवर आजको कान्तिपुर दैनिकले छापेको छ ।
भारतका विभिन्न सर्कस, उद्योग, कम्पनी वा घरेलु कामदार हैसियतमा कार्यरत १२ हजारभन्दा बढी नेपाली बालबच्चालाई सत्यार्थीको अभियानले उद्धार तथा पुर्नवसोवासको सहारा दिइसकेको छ । बाल्यकाल जागाऔं आन्दोलनको अभियानमा सत्यार्थीले दक्षिण एसियाका झन्डै ८४ हजार बालबच्चाको उद्धार र पुर्नवसोवास गराइसकेको

सत्यार्थीलाई शुक्रबार ११ बजे त्रिभुवनविमान डिल्ली चौधरीसहित अन्य केही सभासदहरूले स्वागत गर्ने छन् । सत्यार्थीले लगतै बानेश्वरको एपेक्स स्कुल, सिहं दरबारस्थित राष्ट्रिय योजना आयोग र नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सुवासचन्द्र नेम्वाङलाई भेट गरि संसदमा सम्बोधन पनि गर्ने कार्यक्रम छ ।