शनिबार, बैशाख ८, २०८१

लोकमानले भने अख्तियार आफ्नो विर्ता र बपौती होइन

काठमाडौँ मङ्सिर २०, संसदको सुशासन समितिको बैठकमा शुक्रबार विहान उपस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीले अख्तियार आफ्नो विर्ता र बपौती नभएको भन्दै जनताको भलाईको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । सभासद अमरबहादुर थापाले अमरबहादुर थापाले,तपाईं नियुक्ति हुँदादेखि अहिलेसम्म विवादित हुनुहुन्छ रुु भन्ने lokman_harekpalप्रश्नको जवाफ दिंदै कार्कीले भने,अख्तियार लोकमानको विर्ता र बपौती होइन ।

उनले आफ्ना विरोधीलाई आफूलाई मन नपराएपनि संस्थालाई मन पराइदिन अनुरोध गरे । मलाई मन नपराए पनि संस्था मन पराइदिनुपर्‍यो । संस्था मन पराइदिए म स्वतन्त्रतापूवर्क काम गर्ने थिएँ । कुनै गल्ती भए म जनताको कठघरामा उभिन तयार छु ।

लोकमानलाई समितिका सभापति शेरधन राईले अख्तियारको हस्तक्षेपका कारण राष्ट्रिय गौरवका आयोजनाहरु रोकिएको भनी प्रश्न सोधेका थिए ।जवाफमा लोकमानले राष्ट्रिय गौरवको आयोजना रोकिएकोमा अख्तियार गम्भीर भएको प्रतिक्रिया दिए । उनले त्यस्ता बिषयमा गम्भीरतापूर्वक छानविन गर्ने र त्यसको लागि छुट्टै स्रोत व्यक्ति खटाउने प्रतिबद्धता जनाए ।

समितिको बैठकमा उपस्थित लोकमानलाई सभासदले रिस उठेको मान्छेविरुद्ध उजूरी दिने प्रवृत्ती बढेको भन्दै प्रश्न तेर्स्याएका थिए । लोकमानले भने गलत उजूरी दिनेलाई कारवाही प्रक्रिया सुरु गरिसकेको जवाफ दिएका थिए । उनले आयोगमा गलत व्यक्तिविरुद्ध उजूरी दिने एक जनालाई ५ हजार जरिवाना तिराएको बताए ।  आयोगमा २३ हजार उजूरी परेकोमध्ये ८ सयको छानबिन गरिएको उनले बताए । कार्कीका अनुसार १६८ वटा मुद्दा विशेष अदालतमा दायर गरिसकिएको छ । केही सभासदले लोकमानको अख्तियार प्रमुखमा नियुक्तिको विरोध गर्ने ट्रेड युनियनका नेतालाई अख्तियारले छानीछानी कारवाही गरेको विषयमा प्रश्न सोधेका थिए । जवाफमा कार्कीले कसैलाई पूर्वाग्रहमा कारवाही नगरेको आजको कान्तिपुर दैनिकमा खवर प्रकशित रहेको छ । अर्का एक सभासदले कृषि विकास बैंकमा कार्यरत लोकमानकी जेठी सासु विजय स्वारको बिषयमा धेरै उजूरी परे पनि आयोगले कारवाही प्रक्रिया अघि नबढाएको बिषयमा प्रश्न सोधेका थिए । जवाफमा कार्कीले आफन्त भनेर कसैलाई पनि नछाड्ने प्रतिबद्धता जनाए । उनले ऐनले दिएको अधिकारी प्रयोग गरी कारवाही गर्न सधैं प्रतिबद्ध रहेको जवाफ दिए ।