शुक्रबार, बैशाख १४, २०८१

नेपालमा हिन्दू राष्ट्रको अस्तिव नामेटको लागि प्रहार हुँदै गर्दा भारतको सुरक्षामा खतरा

काठमाडौ कात्तिक २६,आगामी माघ ८ गते नयाँ संबिधान नबन्ने निश्चित भएको छ। सङघियता , धर्म निर्पेक्षता र जातिय पहिचान माओवादीका यी मूल एजेन्डा नै संबिधान निर्माणको अवरोधको मुख्य कारण बनेको छ। उत्तरी छिमेकी मुलुक चाइनाले सङघियता र जातिय पहिचानमा कुनै हालतमा नजान नेपालका राजनैतीक दलहरुलाई भनेको छ। उता भारतले पनी नेपाल हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्रमा फर्कन दवाब दिरहेको छ तर पाकिस्तानी गुप्तचर संस्था आइ एस् आइ का एजेन्ट र सि आइ ए का एजेन्टहरु आफ्ना मालिक रिझाउन माघ ८ गते नै संबिधान जारी हुन्छ भनेर कुर्ली रहेका छन। यता नेपाली सेनाले द्वन्द समाप्त नभइ सकेको भन्दै संबिधान जारी भए पनि नभए पनि मुलुकमा रक्तपात हुने सङकेत गरेको छ।

बुधवार नेपाली सेनाको निमन्त्रनामा नेपाल आएका भारतीय सेनाका सेनाध्यक्ष जनरल दलवीर सिंहले प्रधान सेनापति गौरव सम्शेर राणासङगको भेटमा नेपालको राजनीती र संबिधान प्रकृया बारे गम्भिर चासो देखाएका छन। भारतीय सेना अध्यक्षले पनि नेपाल सङयिता र जातियतामा जानु हुँदैन भन्दै हिन्दू राष्ट्र मै फर्कनु पर्ने बताएको कुरा सैनिक उच्च श्रोतले बाताएको छ। श्रोतको अनुसार २०४७ को संबिधान र राजालाई स्थान दिनुको बिकल्प नरहेको भन्दै नेपालमा हिन्दू राष्ट्रको अस्तिव नामेटको लागि   प्रहार   हुँदै गर्दा भारतको सुरक्षामा मुस्लिम आतङकबादको खतरा बढेर गएको भारतीय सेना अध्यक्षको धारणा रहेको थियो।

यसैवीच भाजपाका अध्यक्ष अमित शाहले यस् सम्वाददाता सङग प्रष्टरुपमा भने नेपालमा राजसंस्था र राजा भारतको स्थाई मित्र शक्ति भएको यथाथ भारत सरकारले बुझिसकेको छ त्यसै अनुरूप अव भारतको नेपाल हेर्ने दष्टिकोण तथ नीती तय हुने बताएका छन । स्मरण रहोस प्रचण्डले पनि रोल्पामा पत्रकारहरु सङग कुरा गर्ने क्रममा एमाओवादी आफ्नो मूल एजेन्डा छोडेर संबिधान निर्माणमा जान नसक्ने भनेर जुन  जुन अभिव्यक्ति दिएकाछन त्यसले पनि   प्रस्तुत तथ्यलाइ प्रमाणित  गर्ने स्रोतको दावी रहेको छ । -सुनिल शर्मा