शुक्रबार, बैशाख १४, २०८१

विगत १६ वर्ष देखि निरन्तरता अञ्जली दिदिको भाइटीका

काठमाडौं कात्तिक ९, विगत १६ वर्ष देखि निरन्तर दिदीबहिनी नहुने दाजुभाइहरुका लागि राजधानीको काष्ठमण्डप मन्दिरमा सामुहिकरुपमा भाइटीका लगाउदै आइरहेकी छिन अञ्जली दिदिले । शनिवार यमपञ्चक अर्थात् तिहारको ५ औं दिनको सम्पन्न भाइटीकाको क्रममा पनि अञ्जली दिदिले १ सय ७५ जना दाजुभाइहरुको निधार खाली नहुँने गरि भाइटीका गरेकी थिइन ।