शुक्रबार, बैशाख १४, २०८१

आज दिउँसो दुई बजेर ५९ मिनेटपछि खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौ असोज २२, आज दिउँसो दुई बजेर ५९ मिनेटपछि खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । आश्विन शुक्ल पूर्णिमा उप्रान्त प्रतिपदाका दिन पूर्णिमा र प्रतिपदाको grahan-finalसन्धिमा चन्द्रग्रहण लाग्ने र खण्डग्रास चन्द्रग्रहण बेलुकी छ बजेर १९ मिनेटमा समाप्त हुने खगोलबिद्हरुले बताएका छन् ।

दिउँसो दुई बजेर ५९ मिनेटबाटै ग्रहणले स्पर्श गरेपनि नेपालबाट भने चन्द्र उदाएपछि पाँच बजेर ५१ मिनेटपश्चात् मात्र देख्न सकिने पनि उनिहरुले बताएका छन ।  जम्मा २८ मिनेटमात्र देखिने खण्डग्रास चन्द्रग्रहण भएपनि तीन प्रहर अघिदेखि नै ग्रहण बार्नुपर्ने र त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजन, शयन, मैथुन, श्रृङ्गार र बध गर्न नहुने र ग्रहणको चन्द्रोदयपछि पाँच बजेर ५१ मिनेटमा स्नान गरी ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको   चन्द्रग्रहण बेलुकी ६ बजेर १९ मिनेटमा समाप्त हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।छ ।