शनिबार, बैशाख १५, २०८१

आजबाट यमपञ्चक सुरु,पञ्चकको पहिलो दिन कागको पूजाआजा गरी काग तिहार पर्व मनाइँदै

काठमाडौ कात्तिक ४, आज कात्तिक कृष्ण त्रयोदशी अर्थात नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको पहिलो दिन कागको पूजाआजा गरी मीठो मीठो खान crowदिएर काग तिहार पर्व मनाइँदैछ ।
आज देखि पाँच दिनसम्म अर्थात कात्तिक शुक्ल द्वितीयासम्म् यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

आज काग तिहार, चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवम अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइने गरिन्छ ।