शुक्रबार, बैशाख १४, २०८१

शर्माले क्रान्तिकारी अध्यक्षबाट दिए राजीनामा

काठमाडौ भाद्र २५, एमाओवादीको काठमाडौँ जिल्ला समितिका अध्यक्ष हिमाल शर्माले जिल्ला समितिको नेतृत्व लिदै गर्दा विद्यार्थी सङ्गठनको Himal-Sharmaकार्यकारी जिम्मेवारी लिनु जायज नभएको भन्दै आज आफ्नो पदबाट राजीनामा दिएका छन । त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापतिसमेत रहेका शर्माले एमाओवादी मु त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापतिसमेत मुख्यालयमा अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा आफ्नो निर्णयले पार्टीलाई सकारात्मक निर्णय लिन बल पुग्ने उल्लेख गर्नुभएको छ ।

गत चैतमा सम्पन्न सङ्गठनको १९ औं राष्ट्रिय सम्मेलनमा नेतृत्व निर्माणमा देखिएको विविध अप्ठ्याराका कारण आफ्नो चाहना नरहँदा रहँदै पनि केन्द्रको आग्रहमा अध्यक्षको जिम्मेवारी सम्हाल्न बाध्य भएको उल्लेख गर्दै उहाँले त्यस यता तीन महिना बिते पनि विद्यार्थी नेतृत्वको विवाद समाधानका लागि प्रयत्न नभएको बताउनुभएको छ ।