शनिबार, बैशाख १५, २०८१

पेस्तोल सहित श्रेष्ठ पक्राउ

भक्तपुर असोज २, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले भक्तपुरको गठ्ठाघरबाट पेस्तोल urlर त्यस पेस्तोलमा प्रयोग हुँने गोलीसहित सिन्धुपाल्चोक जलबिरे घर भई हाल मध्यपुरथिमि–७ बस्दै आएका २५ वर्षीय जीवन श्रेष्ठलाई पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले सुराकीको आधारमा बा४५प ७७७६ नम्बरको मोटरसाइकलमा सवार रहँदाको अवस्थामा गट्ठाघरमा चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी लुकाई ल्याएको अवस्थामा प्रहरीले श्रेष्ठलाई जिएलपिआई जर्मनी लेखेको एक थान पेस्तोल, एक थान म्यागजिन र पाँच राउन्ड गोलीसहित पक्राउ जनाउँदै महानगरीय प्रहरी परिसर भक्तपुरले निजलाइ अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा सहित थप अनुसन्धान गर्ने तयारी गरेको जनाएको छ।