मङ्लबार, चैत्र ६, २०८०

नेवि सङघको महाधिवेशन हाँत्ती आयो हाँत्ती आयो फुस्सा

काठमाडौं भाद्र २८, नेपाल विद्यार्थी संघको महाधिवेशन पफेरि पनि स्थगित भएको छ । नयाँ नेतृत्व चयनको लागि काठमाडौंमा भोलिदेखि सुरु हुने nebisanghaभनिएको महाधिवेशन अन्तिम समयमा आएर स्थगित भएको हो । यसअघि पनि तीन पटकसम्म मिति घोषणा गरेर महाधिवेशन स्थगित भएको थियो ।  पार्टी पदाधिकारीको परामर्श, निर्देशक समितिको निर्देशनको आधारमा हाललाई महाधिवेशन स्थगित गरिएको संघ प्रवक्त यूपी लामिछानेले जानकारी दिएका छन ।

प्रवक्ता लामिछानेका अनुसार आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी वैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको बुझिएको छ । चाडै अर्को मिति घोषणा हन्छ । ८डरगर्ने तयारी जानकारी दिदै गर्दा अध्यक्ष प्रत्यासी नयनसिंह महरले देशभरबाट ८५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरु अधिवेशनमा भाग लिन आइसकेपछि बिना कारण महाधिवेशन स्थगित गरिएको भन्दै विरोध जनाएका छन ।
।नेवि संघ अध्यक्षको लागि ५ जनाले उम्मेदवारी घोषणा गरेका थिए । महाधिवेशन हुनुअघि जितजंग बस्नेत, नैनसिंह महरा, कुन्दन काफ्ले, मनोजमणि आचार्य र केदार कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । काफ्ले, आचार्य र कार्की पार्टी संस्थापन पक्षका नजिक छन् भने बस्नेत र महर नेता देउवासँग नजिका मानिन्छ ।  संस्थापन र देउवा गुटले आफ्नो पक्षबाट एक एक उम्मेदवार मात्रै उठाउन खोजे पनि विवाद उब्जिदै आएको थियो ।

यसैवीच  समाचर स्रोतका अनुसार बैठकमा पार्टीले बनाएको निर्देशन समितिका संयोजक प्रकाशमान सिंहले महाधिवेशन सुरु गर्नुपर्ने अडान राखेका थिए भने विद्यार्थी इन्चार्ज नविन्द्रराज जोशी लगायत महाधिवेशन केही दिन सार्नुपर्ने भन्नेमा थिए । विवादकै कारण महाधिवशेनको तयारीसमेत सुरु हुन सकेको थिएन । महाधिवेशन स्थगीत भ सङगै भन्दै काठमाडौं आएका कतिपय महाधिवेशन प्रतिनिधिहरु अचानक स्थगित भएपछि अलपत्र परेका छन् ।