शुक्रबार, बैशाख १४, २०८१

चीन सरकारद्दारा बाढीपीडितको सहयोगार्थ एक करोड ५५ लाख प्रदान

काठमाडौ भाद्र ३,सुनकोसी लगायतका मोफसलका अन्य भागमा बाडी पहिरोका कारण उठिवास भएका नेपालीहरुको सहयोगार्थ चीन सरकारले रु tbb_32374_chinaएक करोड ५५ लाख सहयोग प्रदान गरेको छ ।  नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आज परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई उहाँकै कार्यकक्षमा भेटेर उक्त रकम प्रदान गनुृभएको परराष्ट मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा राजदूत चुन्ताईले छिमेकी मुलुक नेपाल नजिकको मित्र भएको नाताले नेपालको दुःख पीडामा आफूलाई पनि मर्माहत पारेको भन्दै चीन सरकारले उक्त सहायता प्रदान गरेको जनाइएको छ ।