शनिबार, बैशाख १५, २०८१

गैरकानुनी रुपमा सवारी चालक अनुमतिपत्र वितरण गर्ने कार्यालय प्रमुख भट्ट सहित १६ जना विरुद्ध मुद्दा दायर

काठमाडौ भाद्र २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सवारी चालक अनुमतिपत्र वितरण गर्ने कार्यमा सङ्लग्न तत्कालीन निमित्त कार्यालय प्रमुख रामदत्त भट्ट, कम्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, कम्प्युटर अधिकृत akhtiyar-ayoogराजेश पाछै, कम्प्युटर अपरेटरहरु सञ्जीव न्यौपाने, दिलीपसिंह धामी, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमालले रु ५३ लाख ७८ हजार बराबरको भ्रष्टाचार गरेकोयातायात व्यवस्था विभागका कर्मचारीसहित १६ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

  यसै गरी नक्कली सवारी चालक अनुमतिपत्र बनाउन विचौलियाको काम गर्ने रमेश तामाङ, शम्शेरबहादुर थिङ, वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।  विभागका कर्मचारीले विगत छ महिनाको अवधिमा वितरण गरिएको ७७० थान सवारी अनुमतिपत्र वितरण गरिएकोमा प्रयोगात्मक परीक्षामा असफल भएका १९७ जनालाई यातायात व्यवस्था ऐन, २०४९ को दफा २ विपरित अनियमित तवरले उक्त अनुमतिपत्र दिइएको अनुसन्धानको क्रममा खुलेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले विभिन्न मितिको प्रयोगात्मक परीक्षामा असफल भए पनि अनियमित तवरले जारी गरिएका १९७ व्यक्तिको सवारी चालक अनुमतिपत्र तत्काल रद्द गर्न पुनः विभाग पठाएको र महानगरिय ट्राफिक प्रहरी महाखाशाबाट सङ्कलन भएका ३०६ थान नक्कली अनुमतिपत्र थप अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोमा पठाएको आज जारी विज्ञप्तिमा जनाएको छ।