शुक्रबार, बैशाख १४, २०८१

कान्तिपुर व्यवस्थापनलाइ कर्मचारीको ७२ घण्टे अल्टीमेटम्

काठमाडौं श्रावण २९, कान्तिपुर पब्लिकेशनका प्रकाशनहरु जति चर्चामा छन् । कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार र कर्मचारीका कारण पनि kantipur_building (1)पब्लिकेशन तेत्तीकै चर्चाको शिखरमा पुगेको छ । कान्तिपुर टिभीको कल कान्तिपुर लगायत मनोरन्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र सहना बजा्रचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी विसाइरहेका बेलाको चर्चा ओबानो हुन नपाउदैँ कान्तिपुर दैनिकमा कार्यरत कर्मचारीहरुले आफ्ना ७ बुँदे माग राख्दै सो माग पुरा गराउन ७२ घण्टे अल्टीमेटम दिएका छन । कर्मचारीहरुले सो माग पुरा नगरे पहिलो चरणको कार्यक्रम सहित आन्दोलनमा जाने घोषणा गरेका छन् ।

उनीहरुको पहिलो चरण अन्तर्गत भदौं ५ गते पत्रिका वितरण नगर्ने अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ कान्तिपुर पब्लिकेशन मुल इकाई कमिटीका अध्यक्ष श्रीराम वाग्लेले बताए । सोमबार ७२ घण्टाको अल्टिमेटम पत्र अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश शिरोहियालाई बुझाएको जनाएको छ ।

सो संगठनले गत असार २३ गते ७ बुँदे मागपत्र र श्रावण १२ गते तिनै मागहरु पुरा गराउन ध्यानाकर्षण पत्र बुझाएको थियो । वार्ताबाट समस्या हल गर्नेतिर भन्दा उल्टै आधिकारिक टे«ड यूनियनको बखेडा झिकेर मुद्धालाई विषयान्तर गर्ने व्यवस्थापनको रवैयाले हामी सम्पूर्ण श्रमजिवी मजदुरहरुलाई आक्रोशित बनाएको भन्दै सो अल्टीमेटम दिएको अध्यक्ष वाग्लेले जनाएका छन् । ७२ घण्टे अल्टिमेटमसहित घोषणा गरिएका कार्यक्रम अन्तर्गत यही साउन ३० गते शुक्रबार विहान ९ बजे कान्तिपुर पब्लिकेशनको मुल गेटमा कालो ब्यानर टाँग्ने, ३१ गते शनिबार र भदौ १ गते आइतबार हातमा कालो पट्टी बाँधेर नियमित काम गर्ने कार्यक्रम तय गरिएको बुझिएको छ । त्यस्तै भदौं २ गते सोमबार विहान १ घण्टापछि मात्र पत्रिका वितरण गर्ने, ३ गते मंगलबार विहान २ घण्टापछि मात्र पत्रिका वितरण गर्ने, ४ गते बुधबार प्रेसमा विहान १ घण्टा ढिलो छाप्ने र ५ गते विहिबार १ दिनमात्र पत्रिका वितरण नगर्ने सो संघद्धारा प्रेसित गरिएको पत्रमा उल्लेख छ ।

सोही दिन विहान १ घण्टा कान्तिपुरको मुल गेटमा १ घण्टा धर्ना दिने तय गरिएको मुल इकाई अध्यक्ष वाग्लेले बताए । उनका अनुसार संघर्ष कार्यक्रम उपत्यका बाहिरबाट कान्तिपुर छापिने क्षेत्रीय कार्यालयहरु विराटनगर, पोखरा, भरतपुर र नेपालगञ्जमा पनि लागु हुनेछन् । पहिलो चरणको आन्दोलनपश्चात पनि व्यवस्थापनले कुनै सुनुवाई नगरे तत्काल मुल इकाई र क्षेत्रीय कार्यालयका उप कमिटीको बैठक डाकी दोश्रो चरणका कार्यक्रम तय गरी कडा संघर्षमा उत्रने संघले जनाएको छ ।