शुक्रबार, चैत्र १६, २०८०

नेवि सङ्घको महाधिवेशन तोकिएकै मितिमा हुन्छ: केन्द्रीय सदस्य जोशी

काठमाडौ श्रावण २८, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले पटक पटक मिति तोक्दै स्गथन हुँदै आएको nr joshiनेपाल विद्यार्थी सङ्घको आगामी भदौ २९, ३० र ३१ गतेका लागि तोकिएकै महाधिवेशनको मिति अव फेरवदल नहुने बताउनुभएको छ । सङ्घको महाधिवेशन र समसामयिक राजनीतिक सम्बन्धमा आज पत्रकारहरुसङग कुरा गर्दै केन्द्रीय सदस्य जोशीले लामो समयदेखि हुन नसकेको महाधिवेशन यसपटक भने कुनै पनि हालतमा स्थगन नहुने बताउँनु भएको हो ।

त्यस्तै नेता जोशीले सङघको अधिवेशनको सवालमा पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल समेतले समेत चासो देखाउँदै यसपटक तोकिएको मितिमा महाधिवेशन गर्नुपर्ने सुझाव दिएकाले विभागले महाधिवेशन तालिका सार्वजनिक गरेर सङ्घलाई बाँकी जिल्लाको अधिवेशन समयमै गर्न निर्देशन दिएको जानकारी दिनु भएको छ ।