शुक्रबार, बैशाख १४, २०८१

स्वास्थ्य विभागका निर्देशकसहित १० जना अधिकारीलाई निलम्बन गर्न आयोगको निर्देशन

काठमाडौं श्रावण ६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका निर्देशकसहित १० जना अधिकारीलाई निलम्बन गर्न स्वास्थ्य मन्त्रालयलाई  logoनिर्देशन दिएको छ ।  स्वास्थ्य सेवा विभागमा कार्यरत कर्मचारीले आर्थिक वर्ष ०६८/६९ र ०६९/०७० मा कार्यक्रम गर्न भनी पेस्की रकम लिई कार्यक्रम नै नगरी फर्जी बिल पेस गरेको अनुसन्धानबाट खुलेको भन्दै आयोगले आज मन्त्रालयलाई पत्र लेखी यस्तो निर्देशन दिएको हो ।

अनुसन्धानको क्रमम आयोगले महाशाखाका निर्देशक डा. आनन्दकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य अधिकृत रत्नलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा र रुपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा नेपाल, फर्मासिस्ट भरतमणि मरहठ्ठा, जनस्वास्थ्य निरीक्षकद्वय रामशरण अधिकारी र रामजी घिमिर,खरिदार कविराज सुवेदीसमेतले फर्जी बिल पेस गरी भ्रष्टाचार गरेकोले निजहरुलाइ निलम्बन गर्न निर्देशन दिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच    आयोगले विद्यालयलाई प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा रौतहट भसढेवा–८ स्थित राम प्राथमिक विद्यालयसँग सम्बन्धित क्रमस व्यवस्थापन समितिका अध्यक्ष श्याममिकी यादव,विद्यालयका प्रधानाध्यापक बाल्मिकीप्रसाद यादव र स्रोत व्यक्ति रामवचनप्रसाद यादवलले रु २६ लाख ७१ हजार ८१० अनियमितता गरेको भन्दै  तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गर्दै    उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।