बुधबार, बैशाख १२, २०८१

मुलुकमा प्रजातन्त्र स्थापनार्थ जननेताद्वयको भूमिका आफैमा महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

prakashman-ललितपुर श्रावण ६, ३२ औँ बिपी स्मृति दिवसको अवसरमा गणेशमान सिंह शान्ति प्रतिष्ठान नेपालद्वारा अयोजित गणेशमान सिंह राष्ट्रिय सङ्ग्रहालयको शिलान्यास कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले जननेताद्वय विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहले नेपालमा प्रजातन्त्र स्थापना गर्न खेल्नु भएको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउँनु भएको छ ।
त्यस्तै उपप्रम सिंहले महामानव बिपीको विचार र सर्वाेच्च नेता गणेशमान सिंहको सामाजिक–आर्थिक क्रान्तिको नितिलाइ काँग्रेसले आत्मासात गर्दै अगाडि बढ्नु पर्ने र यसको लागि आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान हर हालतमा जारी गर्ने वातावरण बनाउँनु पर्नेमा विशेष जोड दिनु भएको थियो ।