शुक्रबार, बैशाख १४, २०८१

मुलुक दिनानुदिन कमजोर बन्दै गइरहेको छ :अध्यक्ष थापा

काठमाडौँ श्रावण १५, राप्रप नेपालका अध्यक्ष कमल थापाले राजधानीकोे थापागाउँस्थित पार्टीको भातृ संगठन राप्रविसं नेपालको नयाँ कार्यालय भवनको kamal-thapaउदघाटन गर्दै मुलक यतिखेर संक्रमणकालको नाममा दिनानुदिन कमजोर बन्दै गइरहेका भन्दै बेलैमा भोलिका दिनमा मुलुक हाँक्ने युवा विधार्थीहरु यस तर्फ बेलैमा सचेत नहुने हो भने स्थिती झन विकराल बन्दै जाने संभावना औल्याउँनु भएको छ ।

  त्यस्तै उहाँले त्यस अवसरमा मुलुकमा सही शिक्षा नीति र नेतत्वको अभाव रहेको चर्चा गर्दै राष्ट्रवादी , आत्मनिर्भर र स्वावलम्वी शिक्षा सहितको जनशक्ति उत्पादनतर्फ राज्य सत्ताले ध्यान दिन नसक्दा विधार्थी वर्गमा झन नैराष्यता थपिएको अभिव्यक्ति दिनु भएको थियो । उदघाटन कार्यक्रममा संगठन विभागका केन्द्रीय अध्यक्ष एवम् राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलालगायतले बोल्नु भएको थियो ।