शनिबार, बैशाख १५, २०८१

भोलि इस्लाम धर्मावलम्बीहरुले इद मनाउँदै, इदको अवसरमा सार्वजनिक विदा

 ed काठमाडौँ श्रावण १२, मुसलमानको महान् धार्मिक पर्व रोजा आज सम्पन्न भई भोलि इद अर्थाथ इदुल फित्र मनाइँदै छ । मुसलमानहरू यो पर्वका लागि गएको आषाढ १६ गतेदेखि एक महिने उपवास अर्थात् रोजा बसेका थिए । यो वर्तको क्रममा उनिहरुले एवादत गर्ने, झुठो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखी असल काम मात्र गर्ने गर्दछन् । यसैवीच इस्लाम धर्मावलम्बीको पर्व इदको अवसरमा गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको   जनाइएको छ ।