शुक्रबार, चैत्र १६, २०८०

स्रोतव्यक्ति समाजद्वारा सभासद्को ध्यानाकर्षण

 काठमाडौँ श्रावण ११, शिक्षा विभागले गरेको ऐनविपरीत भएको भन्दै उक्त निर्णय फिर्ता लगायतका अन्य विभिन्न माग सम्बोधनको माग गद आन्दोलनमा उत्रिएको विद्यालय स्रोतव्यक्ति समाज नेपालले आज संसद भवन अगाडि सभासद्को ध्यानाकर्षण गराएका छन् ।

समाजका अध्यक्ष नरेन्द्र भट्टराईको नेतृत्वमा संसद् भवन अगाडि आफ्नो मागपत्र दिँदै स्रोत व्यक्तिले ७५ वटै जिल्ला शिक्षा कार्यालयमा कार्यरत स्रोतव्यक्तिलाई यो वा त्यो बहानामा काज फिर्ता र अवकाश दिने काम शिक्षा विभागले गरेकामा विरोध गरेका थिए ।