बुधबार, बैशाख २६, २०८१

भारतीय प्रम मोदीको नेपाल भ्रमण आफैमा महत्वपूण् रहेका प्रमुख तीन दलको निष्कर्ष, भ्रमणलाई फलदायी बनाउनुपर्नेमा जोड

3 dallकाठमाडौं श्रावण ९, प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका प्रसङमा मुलुकका प्रमुख तीन दलसँग उच्चस्तरीय छलफल गरेका छन । नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शिर्ष नेताहरुको सहभागीता रहको आजको छलफलमा प्रधानमन्त्री मोदीको श्रावण १८ गतेबाट हुने दुई दिने नेपाल भ्रमणका विषयमा छलफल गर्दै भारतीय प्रम मोदीको नेपाल भ्रमण आफैमा महत्वपूण् रहेका निष्कर्ष सहित मोदीको नेपाल भ्रमणलाई फलदायी बनाउनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै बैठकले दलहरुवीच ठूला आयोजनाहरुको निर्माण, सीमा सुरक्षा, सीमा विवाद, उर्जा विकास लगायतका विषय उठाउने सहमति भएको बुझिएको छ । तर प्रतिपक्षी दल एमाओवादीले भने मुलुकलाइ दीर्घकालनी असर गर्ने सन्धी–सम्झौताहरु गर्न नहुने जिकिर सहित तयारी नपुगेका विषहरु हाललाई थाति राख्न सुझाव दिएको बुझिएको छ । भारतीय प्रम मोदीको नेपाल भ्रमण आफैमा महत्वपूण् रहेका प्रमुख तीन दलको निष्कर्ष, भ्रमणलाई फलदायी बनाउनुपर्नेमा जोड