बिहिबार, बैशाख १३, २०८१

असईले पोल खोल्दा डिएसपी निलम्वीत

काठमाडौं श्रावण् ९,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी मुख्यालयले ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिनेश आचार्यलाई akither ko logoशुक्रबारदेखि लागु हुने गरि निलम्बन गरेको छ ।

ऋण लेनदेनको कारोबार मिलाईदिने भन्दै रू १ लाख ५० हजार नजराना रकम बुझ्दै गर्दाको अवस्थामा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक राम प्रसाद पौडेललाइ आयोगको बिशेष टोलीले विहिवार घुस रकम बुझ्दै गर्दाको अवस्थामा पक्राउ गरेका ईप्रका बुटवलका असई राम प्रसाद पौडेलले अनुसन्धानको क्रममा उक्त कार्य आफुले कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक दिनेश कुमार आचार्यको निर्देशनमा गरेको भन्ने वयान दिएपछि डिएसपी दिनेश आचार्यको कालाकर्तुत पर्दाफास भएको   हो ।

त्यस पछि  आयोगले  ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी दिनेश आचार्यलाई शुक्रबारदेखि निलम्बनकालागी सिफारिस गरिएको थियो ।