बिहिबार, चैत्र १५, २०८०

भारतीय प्रम मोदीको भ्रमणले दुई देशका सम्बन्धलाई नयाँ गति दिन्छ : अध्यक्ष थापा

भक्तपुर श्रावण ९, राप्रपा नेपालका अध्यक्ष कमल थापाले रफत सञ्चार क्लबद्दारा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै भारतीय विदेशमन्त्री तथा प्रधानमन्त्रीको Kiran Budhathokiभ्रमणका सम्बन्धमा विवाद र आशङ्का गर्न नहुने बताउँदै प्रस्तुत भ्रमणले दुई देशको विद्यमान सम्बन्धलाई नयाँ गति दिने बताउँनु भएको छ ।

त्यस्तै अध्यक्ष थापाले संविधान निर्माणका लागि संविधानसभा बाहिर रहेका शक्तिलाई समेत सहमतिमा ल्याएर जानुपर्ने संविधानसभाभित्रै रहेको दललाई समेत निषेध गरेर जाँदा देशमा स्थायी शान्ति नहुने भन्दै धर्मनिरपेक्षता, राजसंस्था र सङ्घीयताका बारेमा जनताको प्रत्यक्ष मतबाट निर्णय गरिनुपर्ने राप्रापा नेपलको अडान यथावत रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । photo:  Kiran Budhathoki