शनिबार, बैशाख १५, २०८१

पत्रकार महासंङघले सदस्यता शुद्धिकरण, पत्रकारिताको प्रवद्र्धन र दक्षता अभिबृद्धिका लागि अभियान सुरु गर्ने

काठमाडौं अषाढ २९, नेपाल पत्रकार महासंङघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आज बसेको छ । बैठकले नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि देशब्यापी nj meetingअभियानको संचालन एवम् श्रमजीवि पत्रकारहरुको हकहित र सुरक्षालाई मुख्य प्राथमिकता दिई तय गरिएको कार्ययोजनाको कार्यान्वयन गर्ने नितिगत निर्णय गरेको बुझिएको छ ।
त्यस्तै आजको बैठकमा महासंङघका अध्यक्ष महेन्द्र विष्टले महासंघको संगठनात्मक पुनर्संरचना र संस्थागत विकास, महासंङघमा आवद्ध सदस्यताको शुद्धिकरण र व्यवसायिक पत्रकारिताको प्रवद्र्धन र पत्रकारको दक्षता अभिबृद्धिलगायतका विषयहरु समेटिएको विशेष अवधारणा पत्र प्रस्तुत गनुभएको थियो ।