शुक्रबार, बैशाख १४, २०८१

नजराना रकम बुझ्दै गर्दा प्रसनी पौडेल अख्तियारको फन्दामा  

सुनसरी-मोरङ्ग सिंचाई आयोजनाका तत्कालीन प्रमुख विनय कुमारविरुद्ध म���द्धा दायर

काठमाडौँ श्रावण ८, ऋण लेनदेनको कारोबार मिलाईदिने भन्दै रू १ लाख ५० हजार नजराना रकम बुझ्दै गर्दाको अवस्थामा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक राम प्रसाद पौडेललाइ आयोगको बिशेष टोलीले नगद सहित पक्राउ गरेको छ ।  आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भए अनुसार ऋण लेनदेनको कारोबारमा akither ko logoऋणी फरार भएपछि पिडितले उक्त कारोबारमा जिम्मा जमानी बसेका व्यक्तिमाथि कानून बमोजिम कारवाही गर्न ईलाका प्रहरी कार्यालय बुटवलमा गरेको उजुरीको अनुसन्धानको क्रममा हिरासतमा रहेका कारोबारको जिम्मा जवानीमा बसेका व्यक्ति सङग ऋण लेनदेनको कारोबार मिलाईदिने नाममा नजराना रकम बुझ्दै गर्दा निजलइ पक्ताउ गरिएको जनाएको छ ।

यसैवीच सुनसरी(मोरङ्ग सिंचाई आयोजनाका तत्कालीन आयोजना प्रमुख विनय कुमार सिंहले सार्वजनिक पदमा रहदा पदीय दुरुपयोग गरी रु १ करोड ४५ लाख ७६ हजार छ सय अठासी रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

गैरकानूनी रुपमा आर्जन गरी सम्पत्तिको स्रोत खुलाउन नसकेको हुँदा निजलाइ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐन बमोजिम निज र निजकी श्रीमती अलका सिंहको नाममा रहेको बैङ्क मौज्दात रू १ करोड ३२लाख ७२ हजार २सय ११ र निजहरूको नाममा रहेको श्रोत नखुलेका अन्य अचल सम्पत्ति समेतबाट बिगो बमोजिम जफत एवं असुलउपरको मागदाबी सहित मुद्धा दायर गरिएको आयोगद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।